सभामुख नेम्वाङद्वारा मंगलबारेमा लेण्डलाइन टेलिफोन र कृषि विकास बैङ्कको कार्यालय उद्घाटन



मङ्सिर १९  इलाम।  सभामुख सुवासचन्द्र नेम्वाङले ६ महिनाभित्र संविधान निर्माणको काम सिद्धिने बताउनुभएको छ ।  पश्चिमी इलामको मंगलबारेमा लेण्डलाइन टेलिफोन र कृषि विकास बैङ्कको कार्यालय आज उद्घाटन गर्दै नेम्वाङले शान्ति प्रकृया अगाडि बढिसकेकाले संविधान बन्नुको विकल्प नरहेको बताउनुभयो । 

उहाँले दलहरुले कम्मर कसेर अगाडि नबढे जनताले कसैलाई क्षमा नगर्नेसमेत बताउनुभएको छ । बैंकले आजैदेखि कारोबार सुरु गरेको जनाएको छ । सभामुख नेम्वाङले हिजो बाँझोस्थित माङ्सेबुङ्गमा पहिलो महोत्सव तथा किरात धर्म गुरु आत्माननद लिङ्देनको ५८ औं जन्मोत्सव समारोहको पनि उद्घाटन गर्नुभएको थियो ।

Leave a Reply