इलामको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल माङ्ग्मालुङ्गमा महोत्सव हुने



मङ्सिर २४ इलाम । सम्भावना भएर पनि विकासका पूर्वाधारको अभावमा ओझेलमा रहेको इलामको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल माङ्गमालुङ्गमा आगामी मंसिर २८ गतेदेखि पुस १ गतेसम्म आयोजना गरिने “प्रथम माङ्गमालुङ्ग पर्यटन तथा धार्मिक महोत्सव २०६८” को तयारी सुरु भएको छ । 

ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले माङ्गमालुङ्ग पर्यटन विकास केन्द्र इलामको आयोजनामा हुन लागेको महोत्सवलाई सफल पार्न जयप्रकाश राईको संयोजकत्वमा एक सय ७१ सदस्यीय मूल आयोजक समिति र अन्य विभिन्न ११ वटा उपसमितिहरु गठन गरी तयारी सुरु गरिएको छ ।

महोत्सवका लागि उद्घाटन समारोह व्यवस्थापन, विभिन्न स्टलहरु निर्माण, प्रदर्शनी स्थल, अतिथि स्वागतद्वार निर्माण, होटल तथा लज व्यवस्थापन, खानेपानी व्यवस्थापन, खेलकुद, सांस्कृतिक तथा झाँकी व्यवस्थापन, यातायात व्यवस्थापन तथा प्रचारप्रसार, पोस्टरीङ्ग र पम्प्लेटिङ्ग लगायतमा कामहरु सुरु गरिएका छन् ।

Leave a Reply