मङ्सिर २३ इलाम । इलामको फिक्कलमा गुडिरहेको बसबाट खसेर सोही बसका एक सहचालकको मृत्यु भएको छ ।ना.३ ख २६७० नम्वरको बसको ढोकाबाट खसेर गम्भीर घाइते भएका सहचालक धादिङ्ग जिल्ला घर भएका २३ बर्षीय रन्जित अधिकारीको उपचारकै क्रममा आज दिउँसो दुई बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
हिजो दिउँसो साढे एक बजेतिर बसको ढोकाबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि कन्काई अस्पताल बिर्तामोडमा लगिएको थियो ।
बस र चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले छ ।