ताप्लेजुङमा २ दशमलव ९ रेक्टर स्केलको भूकम्प




मङ्सिर २९ फिदिम । ताप्लेजुङमा ४ दशमलब ९ रेक्टर स्केलको भूकम्प गएको छ । कञ्चनजंघा हिमाललाई केन्द्रबिन्दु बनाएर गएराति २ बजेर ३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पबाट अहिलेसम्म कुनै मानवीय र भौतिक क्षति नभएको नभएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यसअघि गत असोज १ गते सोही क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको ६ दशमलब ९ रेक्टर स्केलको भूकम्पका कारण ठूलो धनजनको क्षति भएको थियो ।

Leave a Reply