दम्पतीद्वारा एकै रुखमा पासो लगाई झुण्डिएर आत्महत्या



पुस १ ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको साब्लाखुमा गएराति एक दम्पतीले सँगै घाँटीमा पासो लगाई झुण्डिएर आत्महत्या गरेका छन् ।

साब्लाखु गाविस वडा नं-५ बस्ने २१ वर्षीय श्रीप्रसाद पन्दाक लिम्बू र निजकी पत्नी १७ वर्षीया नवर्दा भट्टराईले घर नजिक रहेको चुवाफूलको रुखमा पासो लगाई झुण्डिएर आत्महत्या गरेका हुन् । आज बिहान दुवैजनालाई झुण्डिएको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेको मृतकका दाजु राजेन्द्र पन्दाकले बताए ।

यता साब्लाखु प्रहरीचौकीका हवल्दार राजु श्रेष्ठले आत्महत्याको कारण नखुलेको जानकारी दिनुभयो । उनीहरुले गत जेठ महिनामा भागेर विवाह गरेका परिवारले जनाएको छ ।

Leave a Reply