इलाममा अलैचीको उत्पादन वर्षेनी २५ प्रतिशतले घट्दै



पुस ४ इलाम । इलाममा अलैंची उत्पादन प्रत्येक वर्ष २५ प्रतिशतले घट्न थालेको छ । यसबाट बर्षेनी अलैंची उत्पादनमा २० देखी २५ प्रतिशतका दरले हस आउने गरेको जिल्ला कृषि विकास कार्यालय इलामले जनाएको छ । विभिन्न रोग तथा वन पैदावार निकासीका कारण यस्तो अलैंची उत्पादन घट्दै गएको कार्यालयले जनाएको छ । 

सडक विस्तारसँगै जिल्लाका ग्रामिण क्षेत्रहरुमा समेत यातायातका साधन पुगेपछि जथाभावी फडानी हुँदा तथा किसानहरुमा प्राविधिक ज्ञानको अभावलगायतले अलैंची उत्पादन घटेको हो । लाखौको आम्दानी दिने अँलैची बगान मासिन थालेपछि किसानहरु चिन्तित बनेका छन् । 

इलाम जिल्लाका नयाँवजार, सोयाङ्ग, नाम्सालिङ्ग, मावु, जमुना लगायत एक दर्जन भन्दा वढि गाविसमा अलैचि उत्पादन भएपनि हाल उत्पादनको सङख्या दिनप्रतिदिन घटिरहेका इलाम सुलुवुङ्गका अलैची किसान सागर सुवेदिले बताउनु भयो । 



Leave a Reply