कांग्रेसका माग पुरा गर्ने सरकारको लिखित प्रतिवद्धता पछी सडक आन्दोलन फिर्ता ,संसदको अबरुद्द भने यथावत




पुस ४ काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले चितवनको कारागार प्रकरणका बिषयमा अघि सारेका मागहरु पुरा गर्ने प्रतिवद्धता जनाएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता भएको छ । गृहमन्त्रालयले आज विज्ञप्ती जारी गरेर कांग्रेसले अघि सारेका सबै माग पुरा गर्ने लिखित प्रतिवद्धता जनाएको छ । गृहमन्त्रालयका प्रवक्ताद्धारा हस्ताक्षर गरेर जारी विज्ञप्तीमा ‘घटनामा परि मृत्यू भएका शिव पौडेल र प्रमिश राई लगायतका
ब्यक्तिहरु उपर लगाईको मुद्दा फिर्ता गर्ने प्रक्रिया सूरु गरिसकिएको छ । सहीद घोषणा लगायतका मागहरु सम्बन्धमा जाचबुँझ आयोगको प्रतिवेदन प्राप्त भएपछि सोको आधारमा अगाडि बढाईने सबैलाई जानकारी गराईन्छ’, भन्ने उल्लेख छ ।

सरकारले माग पुरागर्ने लिखित प्रतिवद्धता जनाएपछि सडक आन्दोलनका कार्यक्रम फिर्ता गरिएको शान्ति पूर्ण नेपाल बन्द संयोजन समितिका संयोजक तथा केन्द्रीय सदस्य दीपक गिरीले जानकारी दिनुभयो । उहाँले बन्द लगायतका कार्यक्रम फिर्ता लिएपनि माग पुार गराउन दबावका लागि संसदमा संघर्ष भने जारी रहने बताउनुभएको छ ।

गृहमन्त्रालयले लिखित प्रतिवद्धता जनाउनु अघि कांग्रेसका नेता र गृहमन्त्री विजय गच्छेदारवीच बिभिन्न चरणमा राजधानीमा आजै बार्ता भएका थिए । बार्तामा सहमति भएपछि गृहमन्त्रालयले विज्ञप्ती जारी गरेको हो ।

गृहमन्त्रालयले २०६८ साल मंसिर–२० गतेको घटनामा परि शिव पौडेलको मृत्यू भएको घटनाप्रति नेपाल सरकारको गंभिर ध्यान आर्कषित भएको जनाएको छ । घटनाप्रति सरकारले दुःख ब्यक्त गर्दै गृहमन्त्रालयको विज्ञप्तीमा घटना पछि उत्पन्न परिस्थिति र कांग्रेसले उठाएको मागलाई समेत दृष्टिगत गरी घटनाको न्यायिक छानविन गठन गरिसकेको जनाएको छ ।

जारी विज्ञप्तीमा घटनामा परि मृत्यू भएका शिव पौडेल र प्रमिश राई लगायतका ब्यक्तिहरु उपर लगाईको मुद्दा फिर्ता गर्ने प्रक्रिया सूरु गरिसकिएको उल्लेख छ ।

गृहमन्त्रालयले सहीद घोषणा लगायतका मागहरुका सम्बन्धमा भने जाचबुँझ आयोगको प्रतिवेदन प्राप्त भएपछि त्यसकै आधारमा अगाडि बढाईने बिषय सबैलाई जानकारी गराईन्छ भनेको छ ।

त्यसै गरेर गृहमन्त्रालयले शान्ति, सुब्यवस्था कायम राख्ने सम्बन्धमा बन्द लगायतका सबै कार्यक्रमहरु लाई फिर्ता लिई सहयोग गरिदिन हुन कांग्रेससँग आह्वान पनि गरेको छ ।

Leave a Reply