संविधान नबनाउने षड्यन्त्र भए जनआन्दोलनमार्फत् सत्ता कब्जा गर्ने प्रचण्डको चेतावी



मङ्सिर १७ काठमाडौँ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति र संविधान बनाउन नदिने षड्यन्त्र भए जनआन्दोलनमार्फत् सत्ता कब्जा गर्ने बताउनुभएको छ । साथै उहाँले संविधान बनेमा चुनाव मार्फत् सत्ता हात पार्ने बताउनुभएको छ । 

केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा भएको पार्टी एकता कार्यक्रममा उहाँले शान्तिका लागि आफ्नो पार्टी अन्तिम सम्म पहल गर्ने बताउनुभयो । माओवादीलाई फुटाउने षड्यन्त्र भैरहेपनि आफ्नो पार्टी अझै एकतावद्ध हुँदै गएको भन्दै प्रचण्डले पार्टी फुटाउने षड्यन्त्र पुरा हुन नदिने अडान लिनुभयो । पार्टी नेतृत्वलाई नै कमजोर पारेर क्रान्ति गर्छु भन्नु लज्जास्पद भएको प्रचण्डको टिप्पणी थियो । 

कार्यक्रममा तीनवटा साना कम्युनिष्ट पार्टी हरु नेकपा माओवादी, क्रान्तिकारी कम्युनिष्ट पार्टी र सयुक्त जनवादी मोर्चासँग पार्टी एकता घोषणा गरिएको छ ।

Leave a Reply