मङ्सिर १७ इलाम । मेची राजमार्ग अन्तर्गत इलामको कोलबुङ–९ किटेनीमा आज बिहान भएको सवारी दुर्घटनामा तीनजनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् ।
इलाम सदरमुकामस्थित पिपलबोटेबाट वनभोजका लागि झापाको जामुनखाडीतर्फ जाँदै गरेको ना४ख ६१२० नम्बरको बस र विपरीत दिशाबाट आइरहेको रा१ज १६६ नम्बरको जिप आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी जिपचालक राजन राई र जिपकै अर्का यात्रु थर नखुलेका इलाम जिर्मले रम्भ्याङका राजन नामका एक युवा तथा नामथर नखुलेकी एक ३० वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
मृतक तीनैजनाको उपचारका क्रममा झापाको कन्काई र बुधबारेस्थित अस्पतालमा मृत्यु भएको थियो । घाइतेको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक विष्णु केसीले जानकारी दिनुभयो ।