मङ्सिर २७ काठमाडौ । राज्यपुर्नसंरचना आयोगमा आफूहरुको प्रतिनिधित्वको माग गर्दै विगत तीन दिनदेखि पूर्वान्चलनका नौ जिल्ला बन्दको घोषणा गरेको संघीय लिम्बुवान राज्य परिषदलाई बन्द लगायतका सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गरेर बार्तामा आउन शान्ति तथा पुर्ननिर्माणमन्त्री सत्य पहाडीले आब्हान गरेकी छिन् ।
शान्तिमन्त्रीले विज्ञप्ति निकालेर वार्ताको माध्यमबाट समाधान निकाल्न सकिने विश्वास ब्यक्त गर्दै वार्ताका लागि मन्त्रालय तयार रहेको स्पष्ट पारेकी छिन् । विज्ञप्तिमा परिषदसँग पहिला भएको सहमति कार्यान्वयनकोलागी सम्बन्धीत मन्त्रालयमा पठाईसकिएको जानकारी दिदै अब पनि बार्ताबाटै निकास खोज्न सकिने विश्वास ब्यक्त गरिएको छ ।
त्यसैगरी शान्ति तथा पुननिर्माण मन्त्रीको नेतृत्वमा गठित वार्ता टोलीको आज बसेको बैठकले अहिलेसम्म सम्पर्कमा रहेका विभिन्न सशस्त्र समूहलाई वार्तामा आउन आह्वान गरेको छ । समितिमा विना विभागीय मन्त्री र गृह राज्य मन्त्री सदस्य छन्।