इलामको बाँझोस्थित माङ्गसेबुङ्गमा प्रहरी चौकी स्थापना



मङ्सिर २७ इलाम । किरात धर्मावलम्बीहरुको प्रमुख केन्द्रको रुपमा रहेको इलामको बाँझोस्थित माङसेबुङ्गमा प्रहरी चौकी स्थापना भएको छ । जिल्लाको दक्षिण-पश्चिमी क्षेत्रका गाविसहरुका सुरक्षाका लागि प्रहरी चौकी स्थापना गरिएको हो। 

स्थानीयबासीले चौकी स्थापनाका लागि बारम्बार माग गरेकाले जिल्ला सुरक्षा समितिको निर्णयमा नेपाल प्रहरीको चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरिक्षक बिष्णुकुमार केसीले बताउनुभयो ।

सो प्रहरी चौकीमा प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ११ जना नेपाल प्रहरीको टोली रहेको छ ।

Leave a Reply