रकम विनियोजन नहुँदा शितभण्डार अलपत्र



मङ्सिर १६ इलाम । इलाम नगरपालिका ३ को सेरामा निर्माणाधिन शित भण्डारको निर्माण कार्य सम्पन्न हुन लागे पनि सरकारको तर्फबाट विनियोजित रकम निकासा हुन सकेको छैन । रकम निकासा नभएकै कारण शित भण्डार हस्तान्तरण गर्न सम्भव नभएको शित भण्डार निर्माण गर्ने जिम्मा पाएको निर्माण कम्पनीले जनाएको छ ।

भारतीय सहयोगमा निर्माण गरिएको शित भण्डार निर्माणका लागि भारत सरकारले उपलब्ध गराउने भनेको रकम ४ करोड ३९ लाख रुपैयाँ निर्माण फर्मलाई उपलब्ध गराए पनि नेपाल सरकारको तर्फबाट प्राप्त हुनुपर्ने रकम मध्ये ८५ लाख रुपैयाँ निकासा नभएको निर्माण कम्पनीका प्रतिनिधि डिल्ली खनालले बताउनु भयो ।

खनालका अनुसार ३ लाख २६ हजार ५३ रुपैयाँ र करसहितको मुल्य इलाम नगरपालिकाले निर्माण कम्पनीलाई बुझाउनुपर्ने हुन्छ । २ हजार मेट्रिक टन क्षमता भएको पाँचतले शित भण्डारको संविधानसभाका सभाध्यक्ष सुवासचन्द्र नेम्वाङ र तत्कालिन भारतीय राजदुत राकेश सुदले २०६६ मङ्सिर २४ गते शिलान्यास गर्नुभएको थियो । 

Leave a Reply