मङ्सिर १६ रोल्पा। वर्गीकरणमा परेका पाचाँै डिभिजन दहवन रोल्पाका लडाकुहरुलाई आज कार्ड वितरण सुरु गरिएको छ । लगातारको लोडसेडिङ र इमेल इन्टरनेटमा समस्या आएकाले वर्गीकरण सकिएको ४ दिनपछि मात्र कार्ड वितरण थालिएको हो । विहान कार्ड छपाई सकिएपछि पाचौँ डिभिजन दहवनका डिभिजन सह कमाण्डर राजवहादुर वुढा अविनाशलाई हस्तान्तरण गरिएको सर्वेक्षण टोलीका सूचना अधिकृत जिवन रावतले वताउनुभयो ।
१ हजार २ सय ८४ जना समायोजनको रातो र ९ सय ४४ जना स्वेच्छिक अवकाशको हरियो कार्ड डिभिजन सह कमाण्डर अविनाशलाई हस्तान्तरण गरिएको रावतले वताउनुभयो । पाचौँ डिभिजनमा विशेष समिति सचिवालय सदस्य एवं शसस्त्र प्रहरीका डिआईजी सिंह वहादुर श्रेष्ठको नेतृत्वमा २४ जनाको टोली दहवन आएको थियो । सर्वेक्षण टोलीले डिभिजन मुख्यालयलाई कार्ड हस्तान्तरण गरे लगत्तै डिभिजन सहकमाण्डर अविनाशले आजै चारवटा सहायक शिविरका विग्रेड कमाण्डर मार्फत लडाकुहरुलाई वितरण गर्नुभएको हो ।
पाचौँ डिभिजन दहवन रोल्पामा २ हजार ४ सय ३८ जना लडाकुहरु अन्मिनले प्रमाणित गरेपनी २ हजार २ सय २८ जना मात्र पुनर्वर्गीकरणमा सहभागि भएका थिए । पाचौँ डिभिजन दहवन अन्र्तगत ज्वार स्मृति विग्रेड गैरीगाउँ तिला, सुनिल स्मृति विग्रेड दहवन, मंगलसेन स्मृति विग्रेड मसिना उघाँ, दिर्घ स्मृति विग्रेड संग्राम दाङ रहेका छन् ।