मङ्सिर २१ इलाम । इलामको इभाङ्ग-९ स्थित जनता कल्याण निम्न माध्यमिक विद्यालयमा आगजनी गर्ने दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा इभाङ्ग-९ का २३ वर्षीय जगत राई र १५ वर्षीय दिवस राई रहेका छन् ।
उनीहरुले अस्ती १८ गते राति विद्यालयको कार्यालय कक्षमा आगजनी गरी सम्पूर्ण कागजात र फर्निचरहरु नष्ट पारेका थिए । स्थानीयबासीको सहयोगमा सशस्त्र प्रहरी र जनपथ प्रहरीको संयुक्त टोलीले उनीहरुलाई गएराति घरैबाट पक्राउ गरेको थियो ।
उनीहरुलाई कारवाहीका लागि इलाका प्रहरी कार्यालय मंगलबारे पठाइएको प्रहरीले बताएको छ ।
यसैबीच उनीहरुसँगै पक्राउ परेका सहयोगी भनिएका अन्य पाँच जनालाई भने चौकीमा तारिखमा हाजिर हुने गरी अभिभावकको रोहवरमा छोडिएको बताईएको छ ।