भद्रपुर, १८ पुस । मौसमको परिवर्तनका साथै गएराति भएको वर्षाले गर्दा मेची अञ्चलका कृषकहरू हर्षित भएका छन्
हिउँदै बालीको रूपमा गहुँ, मकै, तरकारीबालीलाई चाहिने जति पानी परेकाले कृषकहरू हर्षित भएका हुन् ।
झापा, इलाम, ताप्लेजुङ र पाँचथर जिल्लाका रहेका चिया बगानमा समेत वर्षाले फाइदा पुगेको छ । वर्षाका कारण जाडो अत्यधिक रूपमा बढेको छ ।