पहिरोमा परेर चारको मृत्यु, २ वेपत्ता



 असार २० पोखरा । कास्की जिल्लाको लेखनाथ नगरपालिकामा परेको अविरल बर्षसंगै खसेको पहिरोमा परेर आज विहान ४ जनाको मृत्यु भएको छ ।

अविरल बर्षाले थुम्कि भन्ने स्थानमा पहिरो खसेर घर बगाउँदा अन्य दुई जना वेपत्ता भएका छन । पहिरोले पुरीएर मृत्यु हुनेमा ६५ वर्षकी नरमाया परियार, ६० वर्षकी धनमाया परियार, वर्ष ९ की शान्ति परियार र १३ वर्षकी ममता परियार रहनु भएको छ ।

सोनाम परियारको घर बगाउँदा वर्ष ३६ की धनि परियार र वर्ष ८ का साजन परियार वेपत्ता हुनुभएको छ । स्थानियबासी र प्रहरीको उद्धारमा चन्द्र बहादुर सोनामलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply