खोलामा डुबेर दुई बालकको मृत्यु


असार २० बर्दिबास ।
महोतरीको बिजलपुरा नजिकैको रातु खोलामा डुबेर दुई बालकको मृत्यु
भएको छ । बिजलपुरा ३ बस्ने हरी राउतको चार बर्षिय छोरा श्रवन राउत र
राजकुमार राउतको दुई बर्षिय छोरा विश्वजित राउतको डुबेर हिजो मृत्यु
भएको हो । दुबै बालकको आपसी रिसिइबीका कारण कसैले हत्या गरेको
हुनसक्ने परिवारको आशंका छ । यसैबिच लगातार भैरहेको वर्षाको कारण
जिल्लाको पशुपतिनगरको जमिन तिब्र रुपमा कटानि हुन थालेको छ ।
पशुपतिनगरको वडा नम्बर चारमा लगाइएको तटबन्ध खोलाले भत्काएपछि पानी
गाउँमा पस्न थालेका कारण गाउँलेहरु त्रसित बन्न थालेका छन् ।

Leave a Reply