एसवी गौतम,असार २१,सिन्धुली
पुरानो झाँगाझोलीको बन्दिपुरका नेत्र सुनुवारले किर्ते कागज वनाई सडक निर्माण समितिको अध्यक्ष बनेको आरोप स्थानिय राजनितीक दलका कार्यकर्ताहरुले आरोप लगाएका छन् । नेपाल सरकारको केन्द्रीय योजना अन्तर्गतको पुरानो झाँगाझोली-४ रामटार- लिट्टे भाज्याङ्ग हुदै वडा नं ८ र ९ को बन्दिपुर जोड्ने मोटरबाटोको ट्रयाक खोल्नका लागि किर्तेकागजपत्र गरी उपभोक्ता समिति नेत्रवहादुर सुनुवारले समिती वनाएका हुन । ट्रयाक सडक निर्माण गर्न उपभोक्ता समितिको भेला र समिति गठन गर्दाको माइन्युट सवै नक्कली भएको पुरानाझागाझोली गाविसका स्थानिय वासीन्दाले आरोप लगाएका छन् ।
किर्ते कागज गरि सडक निर्माण समितीको अध्यक्ष वनेका सुनुवार नक्कली कागज पत्र वनाई सडक डिभिजन कार्यालय धनुषा मुजेलीयामा योजना सम्झौताको लागी गएका छन् । मझुवा उच्च माविका प्रध्यानाध्यापक समेत रहेका नेत्र सुनुवारले भेलानै नगरि आफ्नो अध्यक्षतामा राजनीतिक दलका प्रतिनिधि सहितको किर्ते दस्तखत गरी उपभोक्ता समिति गठन गरेको आरोप नेपाली काँग्रेसका सुर्यवहादुर तामाङ्गले लगाउनुभयो । सुनुवारले असार ५ गते वन्दीपुरका जेष्ठ नागरिक शंखबहादुर सुनुवारको अध्यक्षतामा सर्वदीय सर्वपक्षीय भेला बसेको देखाई उपभोक्ता समिति गठन गरेका थिए ।
नेत्र सुनुवारले भेलामा भनेर तयार पारेको माइन्युटमै शंकवहादुर सुनुवारको किर्ते सहि गरेको नेपाली कांग्रेसका पुरानो झाँगाझोलीका सभापति सूर्यबहादुर तामाङले वताउनुभयो । सो दिन शंकवहादुर सुनुवार वन्दीपुरमै छैनन् तमाङ्गले वताउनुभयो । उहाँले भन्नुभयो मेरो किर्ते सहि गरेर त्यहि देखाउँदै अन्य दलका प्रनिनिधिलाई पनि सही गराएछ । भेलाको अध्यक्षता गरेको भनि देखाइएका शंखबहादुर सुनुवारको समेत उपस्थिति रजिष्टरमा दस्तखत नभएको उहाँले बताउनुभयो । समितिमा राखिएका सचिव क्षाना लामा र कोषाध्यक्ष भक्त वि।s।लाई पनि समितिमा राखेको बारे कुनै जानकारी नभएको काँग्रेस सभापति तामाङले वताउनुभयो ।
काँग्रेसको प्रतिनिधिको सही देखाएपछि आफुले पनि बाटोमै सही गरिदिएको माओवादीका प्रतिनिधि बद्री दाहालले वताउनुभयो । नेपाली काँग्रेसका प्रतिनिधीको दस्तखत नक्कली भन्ने जानकारी नभएकाले मैले दस्तखत गरेको उहाँको भनाई थियो । ुसवै कागजात मिलेको छ समयमै कार्य थालनी भएन भने बजेट पि्रुज जान्छ भन्ने ठानेर मेले पनि सही गरेु एमाले प्रनिनिधि टिकाजंग थापाको पनी भनाई रहेको छ । दलका प्रतिनिधिहरु सवैले सही गरेको माइन्यूट देखाएपछि योजना सम्झौता गर्न कार्यवाहक गाविस सचिव लक्ष्मीप्रसाद देवकोटाले सिफारिस दिएको गाविस सचिव गोविन्द कोइरालाले वताउनुभयो ।
आफु काम विशेषले काठमाडौं गएको बेला कार्यवाहक देवकोटाले सवै कागजात मिलेको देखेपछि सिफारिस दिएको कॊइरालाले वताउनुभयो । सो ट्रयाक सडक निर्माणका लागि केन्द्रीय योजना अन्तर्गत यस आर्थिक वर्षमा २ लाख ८५ हजार बजेट परेको बताइएको छ । सरोकारवाला सबैको उपस्थितिमा उपभोक्ता समिति गठन गर्नु पर्नेमा त्यस विपरित गाउँका अगुवा बुद्धिजीविले नै किर्ते गरेको भन्दै स्थानीय बासिन्दा र दलका प्रतिनिधिहरु आक्रोसित बनेका छन् । मैले नक्कली कागज पत्र वनाउको छैन् । सवै दलका स्थानिय नेताहरुले सडक निर्माण समितीको अध्यक्ष वस्नको लागी त्यतीखेर सहमती दिएको नेत्र सुनुवारको प्रतिकि्रया रहेको छ ।