विर्तामोड प्लास्टिकमुक्त क्षेत्र


 कात्तिक ३०,विर्तामोड। झापाको विर्तामोड बजारमा भोलिदेखि पातलो पोलिथिनको झोला प्रयोगमा ल्याउन नपाइने भएको छ ।

स्वास्थ्यका लागि अति हानीकारक र वातावरणसमेत प्रदूषित हुने गरेकाले प्लास्टिकको पातलो झोलालाई मङ्सिर १ गतेदेखि पूर्ण प्रतिबन्धित गरिने भएको हो ।

यस अभियानलाई सफल बनाउनका लागि विर्तामोड बजारमा ‘हाम्रो सहर सफा सहर’ मूल नाराका साथ झापा उद्योग वाणिज्य सङ्घ विर्तामोडको संयोजनमा अनारमणि गाविस, चारपाने गाविस, वीरता जेसिज, वीरता लेडी जेसिजलगायतका सङ्घसंस्थाका साथै विभिन्न राजनीतिक पार्टीका कार्यकर्तासहितको एक जनचेतना रयालीको मङ्गलबार आयोजना गरियो ।

सरोकारवालासँग पटकपटक छलफल गरेपछि पातलो प्लास्टिकको प्रयोगमा प्रतिबन्ध लगाइएको झापा उद्योग वाणिज्य सङ्घ विर्तामोडका अध्यक्ष बलराम कार्कीले जानकारी गराउनुभयो ।

मानिसले दैनिक प्रयोग गर्दै आएको प्लास्टिकजन्य पदार्थले वातावरण प्रदूषण गर्नुका साथै यसमा प्याकिङ गरिएका खाद्य पदार्थले रक्तचाप, मधुमेहलगायतका रोग निम्त्याउने गरेको सम्बन्धित विज्ञहरू बताउँछन् ।

Leave a Reply