अव देखी चिया वगानमा निशुल्क वाइफाई इन्टरनेट



मङ्सिर १७ इलाम । इलाम नगरपालिकाको कार्यालयले बजार नजिकैको चिया वगानमा निशुल्क वायरलेस इन्टरनेट सुविधाको व्यवस्था गर्ने प्रक्रिया अघि बढाएको छ। नगरपलिकाको कार्यालयले स्थानीय युवा र घुम्न आउने पर्यटकलाई लक्षित गरेर चिया बगानलाई नेट जोन बनाउन लागेको जनाएको छ। 

एक महिनाभित्रमा निःशुल्क इन्टरनेट सुविधा सुरु हुने पनि कार्यालयले जनाएको छ। चियाबगानलाई दुर्व्यसनको अखडा नबनाऊन् भनेर युवाहरुलाई अमल्याउन तथा बाह्य क्षेत्रबाट ल्यापटप बोकेर आउनेले पनि चियाबगानको सुन्दरता रम्दै इन्टरनेट चलाउन पाऊन् भनेर नेट जोन बनाउन लागेको नगरपालिकाका कार्यकारी अधिकृतले जनाएका छन ।

यसले इलामको पर्यटन प्रवर्द्धनमा पनि मद्दत पुग्छ भन्ने नगर पालिकाको विश्वास छ । नगरपालिकाले बगानभित्र पर्ने लभडाँडा र मालकुवानजिकैको डाँडामा इन्टरनेटको राउटर राख्ने जनाएको छ । नगरपालिकाले बगान क्षेत्रमा घुम्न र टहलिन आउने मानिसहरुको संख्या बढेपछि इन्टरनेट सुविधाको पनि व्यवस्था गर्न लागेको हो। 

नगरपालिकाले टहरा, पोखरी, रेलिङसहितको सिंढी बनाइदिएपछि बगान क्षेत्रमा चहलपहल बढेको छ। नगरपालिकाले चिया बगानको माथिल्लो भेगमा भ्युटावर पनि निर्माण गरिरहेको छ।

Leave a Reply