हिरालाल के सी ।
रेडियो शारदा, माघ ६, सल्यान ।।
सल्यान खलंगा—वालुवासंग्रही सडक २२ बर्ष सम्म पनि पुरा हुन सकेको छैन । ३४ किलोमिटर लम्बाई रहेको सो सडक खण्डको निर्माण कार्य २०४५ साल देखि सुरुगरिएको थियो । निर्माण कार्य थालिएको यति लामो समय बितिसकेपनि सरोकारवाला निकायको लापर्वाहीले सडक निर्माण अपुरो हुन गएको हो सडक निर्माण कार्य पुरा गर्नका लागि दात्रृ निकाय, जिल्ला विकास समिति र गाउँविकास समितिले बर्षेनी लाखौ देखि करोडौ रकम बिनियोजन गर्दै आएका छन् । रकम बिनियोजन भएपनि राजनितिक भागबण्डाका कारण पुरा हुन नसकेको जिल्ला विकाससमितिको भनाई छ । ।२०४३ सालमा जिल्ला सदरमुकाम खलंगाले सडक सुबिधा पाए लगत्तै त्यसको दुई बर्षपछि पहिलो पटक जिल्लाको आन्तरिक सडक निमार्णकार्यको थालनी भएको थियो । मार्केको दुलधारापोखरामा तत्कालिन प्रधानमन्त्री मरिचमान श्रेष्ठले सो सडकको उद्घाटन गर्नभएको थियो । सडक निर्माण कार्य पुरा नहुदा“ ५ गाउँविकास समितिका बासीन्दालाई सदरमुकामसम्म पैदल हिड्नुपर्ने बाध्यता छ भने मध्यपश्चिम कै प्राकृतिक सुन्दर कुपिण्डेदह पनि ओझेलमा परेको छ ।
