जनयुद्धमा आधारीत फिल्म किन फ्लप ?


माओबादी कथामा बनेको आवाज मात्रै होइन माओबादीकै प्रत्यक्ष संलग्नतामा बनेको लालसलाम र जनयुद्ध चलचित्रले समेत आफ्नो लागनी उठाउन सकेनन् । जसका कारण माओबादी बिषयमा सिनेमा बनाउन त_िम्सएका निर्माता निर्देशकले अहिले बिस्तारै ती बिषय छोड्दै गएका छन् ।

- फणीन्द्र फुयाल "ज्वाला" 

दश बर्ष लामो सशस्त्र जनयुद्ध सकिएर माओबादी २०६३ सालमा शान्तिप्रकि्रयामा सहभागी भएपछि माओबादी जनयुद्धमा आधारित चलचित्र धमाधम बन्न थाले । कतिले माओबादीले उठाउदै आएका मुक्तिका सन्दर्भलाई उल्लेख गरे त कतिले माओबादीकै संलग्नतामा समेत चलचित्र बनाए । तर यसरी बनेका कुनै पनि चलचित्रले व्यवसायीक सफलता हात पार्न सकेनन् । माओबादी कथामा बनेको आवाज मात्रै होइन माओबादीकै प्रत्यक्ष संलग्नतामा बनेको लालसलाम र जनयुद्ध चलचित्रले समेत आफ्नो लागनी उठाउन सकेनन् । 

जसका कारण माओबादी बिषयमा सिनेमा बनाउन त_िम्सएका निर्माता निर्देशकले अहिले बिस्तारै ती बिषय छोड्दै गएका छन् ।  माओबादीलाई संबिधानसभामा भोट हाल्ने करिव चालिस लाख मतादाता थिए । तर माओबादी जनयुद्धमा आधारीत चलचित्र हेर्नै त्यको पाच प्रतिशत जनता पनि हलमा पुगेनन् । माओबादी युद्धमा आधारीत फिल्म किन सफल हुन सकेनन् त  यसका निर्माता तथा निर्देशकहरु सिनेमा राम्रो भए पनि अन्य प्राबिधिक पक्षका कारण सिनेमाले व्यवसायीक सफलता पाउन नसकेको बताउछन् । चलचित्र लालसलामका निर्देशक शिबजी लामीछाने भनछ्न- हामीले पैसा कमाउनको लागी सिनेमा बनाएका थिएनौं । 

जुन उद्देश्यका साथ चलचिब बनाएका थियौं त्यो मानेमा हामी पूर्ण रुपमा सफल भएका छौ । लालसलामलाई व्यवसायीक रपमा सफल बनाउन आफैंले राम्रो पहल गर्न नसकेका कारण पनि व्यवसायीक लाभ पाउन नसकिएको लामीछानेको बुझाई छ । उनी भन्छन्- जुन उद्देश्यले सिनेमा बनाएका थियौं तयसमा हामी सतप्रतिशत सफल भयौं । लालसलाममा माओबादी सेना र हतियारको समेत प्रयोग गरिएकेा छ । माओबादी जनयुद्धमै आधारति अर्को चलचित्र हो जनयुद्ध । तर यो चलचित्रले पनि व्यवसायीक स्वाद चाख्न भने सकेन । काठमाडौंका मुख्य हलहरुबाट एक हप्तामैं बिदा हुनुपर् यो । जनयुद्धका निर्देशक बिमल पौडेल चलचित्रलाई दर्शकहरले मन पराएको भएपनि व्यवसायीक रुपमा सफल हुन नसकेको स्विकार्छन् । 

आफ्नो चलचित्र सफल हुने आधार भएपनि प्रतिकुल अवस्थामा रिलिज हुनु र प्रचाप्रशारमा येथेष्ट ध्यान नदिनुलाई कमजोर मान्छन् पौडेल । माओबादी जनयुद्ध र मुक्ति आन्दोलनको बिषयसंग निकट रहेर बनाईएकेा अर्को चलचित्र हो आवाज । नवल खड्काको निर्माण र बदि्र अधिकारीको निर्देशनमा बनेको यो चलचित्रले पनि व्यवसायीक सफलता हात पार्न सकेन । निर्माता खड्का भने यो चलचित्रलाई माओबादी बिषयमा आधारीत भन्न रुचाउदैनन् । मुलुकमा गणतान्त्र स्थापनाका लागी ज्यानको आहुति दिने जो कसैकेा पनि कथा त्यसमा समेटिएको थियो ।

खड्का भन्छन्- आफ्नो नीजि लगानीमा आवाज बनाएको बताउने खड्का नाफा नैं नकमाएपनि घाटा सहनु नपरेको बताउछन् । माओबादी आन्दोलन संग जोडिएको बिषयमै चलचित्र शहिद निर्माण भएको थियो । तर यसले पनि अघिल्ला चलचित्रले जस्तै व्यबसायीक सफलता प्राप्त गर्न सकेन । माओबादी आन्दोलनका बिषयमा बनेका चलचित्र सफल नहुनुमा व्यवसायीक तायारी नपुगेको बताउछन् एक चलचित्र बिश्लेषक नेपाली चलचित्रका आम दर्शकको प्रबृक्तिलाई बुझेर प्रचारप्रशार नगर्नु पनि उनीहरको दोष रहेको उनको ठम्याई छ । 

माओबादी जनयुद्धको बिषयमा मात्र आधारितभन्दा दर्शकहरु हलसम्म नपुगेको उनको ठम्याई छ । राष्ट्रियता उत्पिडनका बिषयमा आधारीत सिनेमा भन्न छोडेर माओबादी बिषय भन्दा दर्शकहरु हलसम्म नपुगेको देखिन्छ । यी र यस्ता फिल्म नचल्नुमा हलसंगको असमझदारी पिन महत्वपूर्ण पक्ष रहेका बताईएकेा छ । खासगरी चलचित्र चलाउन लामो समय सम्म कुर्नुपर्नै अवस्था माओबादी बिषयसंग जोडिएका चलचित्र चलाउने पालो मिच्न हललाई बाध्य पारिएको हल संचालकहरु ब्ताउछन् । 

जसका कारण हलहरुले होल्डओभर भएपछि माओबादी बिषयमा आधारित चलचित्रलाई हलबाट उतारीदिए । कतिपय अवस्थामा बल मिचाई गरियो जसले गर्दा हल संचालकहरले यी सिनेमालाई सहयोग गरेनन् । आजकै निर्माता नवलले बनाएकेा फिल्म दशगजाले भने राम्रंो व्यवसाय गर्दे आएको छ । राष्टियताका बिषयमा बनेको दशगजाले पि्रमियरबाटै राम्रो आम्दानी गरेको छ भने बैशाखको पहिलो साताबाट दशैभरि रिलिज भैसकेको छ ।

e -samabeshi@gmail.com
सिन्धुली चपौली निवासी लेखक नेपाल लोकतान्त्रीक खेलकुद पत्रकार संघका केन्द्रिय कोषाध्यक्ष हुन् । 

Leave a Reply