पुस ८ काठमाडौँ। विशेष अधिवेशन डाक्न संसदमा दर्ता गराएको प्रस्ताव फिर्ता लिन एकीकृत नेकपा माओवादी सहमत भएको छ । सिंहदरबारस्थितशान्ति तथा पुनर्निर्माण मन्त्रालयमा बिहीबार प्रमुख तीन दलबीच बसेको बैठकमा विशेष अधिवेशनलाई अन्त्य गरेर नियमित अधिवेशन डाक्न सहमत भएका हुन् ।
विशेष अधिवेशन अन्त्य गरेर नियमित अधिवेशनमा जान पनि दलहरुबीच सहमति भएको छ। माओवादीले प्रस्ताव फिर्ता लिएपछि विशेष अधिवेशन अन्त्य हुने र एक साताभित्र नियमित अधिवेशन बोलाइने भएको छ। नियमित अधिवेशनमा पहिलो प्राथमिकता प्रधानमन्त्री निर्वाचनलाई राख्ने सहमति पनि प्रमुख तीन दलबीच भएको छ।
माओवादीले अन्तरिम संविधान संशोधन र रामचन्द्र पौडेलको उम्मेद्वारी स्वतः रद्द भएको दावीसहित प्रस्ताव दर्ता गराएको थियो ।
