राष्ट्रपतिमाथि को आरोपप्रति श्रीलङ्काले माफी माग्यो



काठमाडौं, पुस ७ - राष्ट्रपति रामवरण यादवले नेपालको शान्ति प्रक्रियामा सहयोग गर्न श्रीलङ्काली राष्ट्रपतिलाई आग्रह गरेको विदेशमन्त्रीको दाबीप्रति श्रीलङ्काले माफी मागेको छ ।

नेपाल भ्रमणमा आएका विदेश मन्त्रालयका उपमन्त्री निओमल परेराले प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटेर विदेशमन्त्री जिएल पेइरिसको दाबीप्रति माफी मागेको श्रीलंकाली अनलाइन म्यागजिन श्रीलंका गार्जियनले जनाएको छ । 'यसमा 'मिस अन्डर्स्ट्याण्डीङ' भयो, कृपया माफ गर्नुहोला,' उपविदेश मन्त्री परेराले प्रधानमन्त्री नेपाललाई भनेका थिए । परेरा यसै साता नेपाल भ्रमण गरी फर्किएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले बताए भेटमा प्रधानमन्त्रीले नेपालले दुई देशबीचको राजनीतिक सम्बन्ध चर्चा गर्दै भविष्यमा यस्ता गल्तिप्रति सावधान रहन आग्रह गरेको समाचारमा लेखिएको छ ।

Leave a Reply