प्रधानमन्त्रीको निर्वाचनमा तटस्थ बसेर एमालेले धोका दियो: प्रकाशमान सिंह


पुस ३ गोरखा । नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले नेकपा (एमाले)ले प्रधानमन्त्रीको निर्वाचनमा तटस्थ बसेर धोका दिएको बताएका छन्   नेपाल शिक्षक सङ्घको पश्चिमाञ्चल भेलालाई शनिबार गोरखामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
महामन्त्री सिंहले  प्रधानमन्त्रीका एक्ला उम्मेदवार रामचन्द्र पौडेलको उम्मेदवारी फिर्ता गराउने निर्णय काँग्रेसका लागि घातक हुने धरान ब्यक्त गरेका छन्  । उनले  नेता पौडेललाई निर्विरोध प्रधानमन्त्री घोषणा गर्नुको विकल्प नरहेको प्रष्ट समेत पारे ।
राजीनामा दिएको पाँच महिना भइसक्दा पनि एमालेका नेताहरू विदेश भ्रमणमा हुलका हुल गएको, सत्ता टिकाउन तल्लिन रहेको र सभामुखले संविधानसभाको नियमावलीको व्याख्या गर्न नसकेको आरोप उनको आरोप छ ।
भेलामा पश्चिमाञ्चलका १६ जिल्लाका नेपाल शिक्षक सङ्घ र युनियनसँग आवद्ध १६० जनाको सहभागिता रहेको छ । रासस

Leave a Reply