४ पौष, काठमाडौं । सरकारले आइतबारदेखि मेसिन रिडेबल पासपोर्ट (एमआरपी)को आवेदन खुल्ला गर्ने भएको छ । आइतबारदेखि हस्तलिखित राहदानी वितरण पनि बन्द भएको छ ।
परराष्ट्र मन्त्रालयको केन्द्रीय राहदानी कार्यालयले आवेदन बुझ्न विभिन्न ६ वटा केन्द्र बनाएको छ । आवदेन दिएको कम्तीमा तीन हप्ता पछि एमआरपी वितरण गरिने केन्द्रीय राहदानी कार्यालयका प्रमुख भरतराज पौडेलले जानकारी दिनुभयो । तत्काल विदेश जानुपर्ने स्थिति रहेमा अझै केही दिन हस्तलिखित राहदानी वितरण गरिने उहाँले बताउनुभयो ।
