गोकुल बानियाँ, हिमचुली एफएम,
माघ ७, पोखरा ।
पोखरामा जारी नवौ आहा गोल्डकपमा क्वाटरफाईनल प्रबेशका लागि आज रुपन्देही ११ र साहारा एफ सि यु के बीच अन्तिम प्रिक्वाटर फाईनलमा खेल अहिले भइरहेको छ । पाँचौ आहा गोल्डकपबाट आयोजक साहारा क्लब पोखरासँग लगातार उद्घाटन खेल खेल्दै आएको रुपन्देहीले आज पहिलो खेल खेल्दैछ । खेल पोखरा रंगशालामा केहीबेर अघि सुरु भएको हो । यसअघि हिजो भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लबलाई २—० ले हराउदै लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी दोस्रो चरणमा प्रबेश गरेको छ । भारतको दुईटोलि सहित तिन बिभागिय टिम आर्मी, पुलिस र शसस्त्रको एपिएफ,मनाङ्ग मस्र्याङदी, थ्रिस्टार, हिमालयन शेर्पा क्लब, धरान फुटबल क्लब, रुपन्देही ११, साहारा युके, साहारा एकेडेमी, र आयोजक साहारा क्लब गरी १२ टिमको सहभागिता प्रतियोगितामा धरान फुटबल क्लब, एन्फा यु १९ र एपिएफ पहिलो चरणबाटै बाहिरिसकेका छन् ।
