सुशील पन्त,
माघ ११, काठमाण्डौ ।
प्रधानमन्त्री निर्वाचनको नयाँ व्यवस्था सहितको व्यवस्थापिका संसद कार्यसम्पादन नियमावली आज संशोधन गरिएको छ । संविधानसभा भवन नयाँ वानेश्वरमा अपरान्ह बसेको बैठकले नियमावली बहुमतले पारित गरेको हो । मधेशी जनअधिकार फोरम, तराइ मधेश लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा लगायत दलहरुले सहमति नजनाएका कारण सर्वसम्मत हुन सकेन । नियमावली पारित भएपछि अब संसदमा हुने निर्वाचनले कढिमा तेस्रो चरणमा प्रधानमन्त्री चुनिने छ । अन्तरिम संविधानको धारा ३८ः१ अनुसार भोलिसम्म सहमतिको सरकार गठनको संभावना क्षिण देखिएकोले संसदले केहि दिनमै बहुमतिय प्रक्रिया आरम्भ हुनेछ । संसद सचिवालयले आगामी माघ १७ गते पहिलो चरणको निर्वाचन गर्ने गरी आन्तरिक तयारी गरेको स्रोतले जनाएको छ ।
नियमावली संशोधनप्रति दलहरुको आपत्ति ।।
यसैबीच, विभिन्न दलले संसद नियमावलीमा गरिउको व्यबस्थाप्रति विरोध जनाएका छन । नियमावली संशोधन प्रस्तामाथि संसदमा भएको छलफलमा भाग लिदै सभासदहरुले तीनदलले विपक्षमा मतदान गर्ने व्यबस्था नराखेर अधिनायकवादी शैली प्रस्तुत गरेको टिप्पणी गरेका हुन् । राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले प्रधानमन्त्रीको आकाक्षा राखेर संसदलाइ छ महिनासम्म अनिर्णयमा राखेका दलहरुले अहिले उमेदवारको विपक्षमा मतदान गर्न नपाइने अधिनायकवादी व्यबसथा राख्न खोजिएको भन्दै आपत्ति जनाउनुभयो ।
तराइ मधेश लोकतान्त्रिक पार्टीका हृदयेश त्रिपाठीले पूरानै नियमावली अनुसार दुइवटा सरकार गठन भइरसकेको अबस्थामा विना मापदण्ड र अनैतिक ढंगले नियमावली संशोधन गर्न लागिएको भन्दै आपत्ति जनाउनुभयो । नेपाल मजदुर किसान पार्टीका सुनील प्रजापतिले कुनैदल विशेषलाइ फाइदा पुग्नेगरी दोस्रो चरणमा सबै उमेदवारको प्रस्तावमाथी मतदान गर्ने व्यबस्था गर्न खोजिएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले पहिलो चरणवाट धेरै मत लिएका दुइ उमेदवारलाइ मात्र दोस्रो चरणमा प्रतिष्पर्धा गर्नेगरी संशोधनगर्न माग गर्नुभयो ।
राष्ट्रिय जनशक्ति पार्टीका डा प्रकाशचन्द्र लोहनीले दलहरुले आफ्नो पक्षमा टेण्डर पार्न आफूखुसी नियमावली संशोधन गर्न खोजिएको आरोप लगाउनुभयो । सबै उमेदवारलाइ दोस्रो पटकमा प्रतिष्पर्धा गराउनुको कुनै औचित्य नभएको उहाँको भनाइ थियो । ‘एक पटक पराजीत व्यक्तीलाइ दोस्रो पटक किन उठाउने, लोहनीले प्रश्न गर्नुभयो–किन पटक÷पटक नगर्ने ।’ राप्रपा नेपालका चन्द्रबहादुर गुरुङ्गले प्रस्तावित व्यबस्था तीन दललाइ लक्षित गरिएर बनाइएको आरोप लगाउनुभयो ।
मधेशी जनअधिकार फोरमका आत्मराम प्रसाद शाहले व्यक्ती विशेषलाइ केन्द्रविन्दुमा राखेर नियमावली बनाइएको आरोप लगाउनुभयो । छलफलमा उठेका प्रश्नको जवाफ दिदै नियमावली मस्यौदा समितिका सभापति एकराज भण्डारीले दुइभन्दा बढि उमेदवारी परेको अबस्थामा राजनीतिक समिकरण बनाउन दिनकालागि दोस्रो चरणमा समेत सबै उमेदवारलाइ प्रतिष्पर्धा गर्ने व्यबस्था गरिएको बताउनुभयो । संविधान र नियमावलीमा निर्वाचनका समयमा सबै सभासद उपस्थित हुने र तटस्थ बस्न नपाइने परिकल्पना गरेका कारण नियमावलीले समाधान दिने विश्वास व्यक्त गर्नुभयो । संसदको आर्को बैठक माघ १३ गते विहिबार १ बजे सम्मकालागि स्थगित भएको छ ।
