माघ १०, अल्जेरिया ।
अफ्रीकी देश अल्जेरियाको राजधानीमा सयौं विपक्षी प्रदर्शनकारीलाई प्रहरीले तितरवितर पारेको छ । अधिकारीहरुले त्यस क्रममा भएको झडपमा १९ जना घाइते भएको बताएका छन् भने विपक्षीहरुले घाइते हुनेको सङ्ख्या ४० पुगेको दावी गरेका छन् । प्रदर्शनमा सहभागि भएका सयौं मानिसलाई प्रहरीले गिरफ्तार गरेको छ । अल्जेरियाको सबैभन्दा ठूलो विपक्षी पार्टी आरसीडीको आयोजनामा भएको र्यालीमा राजधानीको मध्यवर्ती भागबाट संसद भवनसम्म पुगने योजना बनाइएको थियो । तर र्याली सुरु नहुँदै प्रहरीले लाठीचार्ज गरेर तितरवितर पारेको आयोजकले दावी गरेको छ । प्रदर्शनकारीहरुले सरकारसँग स्वतन्त्रताको माग गर्दै आएका छन् ।
