सइन्द्र राई । माघ ६, खोटाङ,।।
माघ महिनासँगै हिमपात र तुसारो परेपछि जाडो बढेकाले जिल्लाका जनजीबन प्रभाबित बनेका छन् । बाक्लो कुहिरोसँगै जाडो बढेपछि जिल्लाका बिद्यालयहरुमा पठन–पाठन प्रभाबित बनेका छन् । जाडो बिदा सकिएलगत्तै खुल्नुपर्ने बिद्यालय खुल्न सकेको छैन् । अत्याधिक जाडो बढेपछि बिद्यालय नै बन्द गरेको दिक्तेलस्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका प्रिन्सिपल सागर जोशीले बताए । जाडोले कक्षा सञ्चालन गर्न नसकिएकाले बिद्यालय बन्द गरिएको हो । बिदा नगरिएका सामुदायिक बिद्यालय पनि प्रशासन मात्रै खुल्ने गरेका छन् । बिद्यार्थी नआएपछि कक्षा सञ्चालन
हुन सकेको छैन् ।यस्तै, चिसोसँगै प्रतिकुल मौसमले जिल्लाका तीन वटै बिमानस्थलमा उडान नहुँदा यात्रुहरु अलपत्र परेका छन् । तीनदिनदेखि जिल्लास्थित लामिडाडाँ, खानीडाडाँ र थामखर्क बिमानस्थलमा कुनै पनि उडान हुन नसक्दा बिमानस्थल पुगेका यात्रुहरु अलपत्र परेका हुन् । मंगलवार तारा यअर लाइन्सको बिमान काठमाडौंबाट खानीडाडाँ आउने भनेपछि बोर्डिङ पास बितरण गरी सुरक्षा जाँच भइसकेपछि उडान रोकिएको खबर आएको थियो । यता लामिडाडाँ बिमानस्थलमा पनि चार दिनदेखि कुनै पनि उडान हुनसकेको छैन । सदरमुकाम दिक्तेलबाट एक दिनको पैदलमा पुगिने बिमानस्थलमा यात्रुहरु उडान हुने आसमा बसिरहेका छन् । त्यहाँ छिमेकी जिल्ला ओखलढुङ्गाबाट समेत यात्रुहरु आउने गरेको यति यअर लाइन्सका एजेन्टले बताएको छ । बिमानस्थलबाट काठमाडौं र बिराटनगरका लागि नेपाल र यति अयर लाइन्सले नियमित उडान भर्दै आएको छ । उडान नहदा जिल्ला अस्पताल दिक्तेलले रिफर गरेका बिरामीलाई समस्या परेको छ । चिसोले बिद्युतीय उपकरणमा समेत प्रभाब पारेपछि सेवाग्राहीलाई नियमित सेवा दिन नसकिएको बिजय प्रिन्टर्सका बिजय राईले बताए ।
