६ सय १ सभासदको चितवनममा श्राद्ध


मिलन पराजुली,माघ १३, चितवन ।

संविधानसभालाई भत्ता खाने थलो बनाएको भन्दै बर्दिया स्थाई घर भएका ३८ वर्षीय राकेश कुमार शर्माले चितवनको ब्यस्त बजार नारायणगढमा आज बिहान अष्टम श्राद्ध गर्नुभएको छ । चितवनको पुल्चोकमा विहान ९ वजे पण्डीत नै राखेर शर्माले बिधीबत रुपमै ६ सय १ सभासदहरुको श्राद्ध गर्नुभएको हो । जनताहरुबाट उठाएको राजस्व सही ढंगबाट प्रयोग नगरी नेताहरुले देशलाई बर्बादीको दिशातर्फ धकेलेको र अबैधानिक तवरबाट संविधानसभाको म्याद बढाएको भन्दै आफुले ६ सय १ सभासदको श्राद्ध गरेको शर्माले बताउनुभयो । सभाषदहरुलाई दबाब दिनका लागि आफुले श्राद्ध गरेको जानकारी दिनुभयो। यसअघि बर्दिया र नेपालगंञ्जमा सभासदहरुको श्राद्ध गरिसक्नुभएका शर्माले आगामी जेष्ठ १२ गते संविधानसभा भवनको ३ नम्मर गेटमा समेत सभासदहरुको श्राद्ध गर्ने बताउनु भएको छ ।

Leave a Reply