आहा गोल्डकपमा आजको खेल मनाङ मस्र्याङ्दी र एपीएफ क्लबबीच ।।


गोकुल बानियाँ, हिमचुली एफएम
 माघ ५ पोखरा ।। 
पोखरामा जारी नवौ आहा गोल्डकपमा आज मनाङ मस्र्याङ्दी र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच तेस्रो प्री क्वाटरफाईनल खेल हँुदैछ । पोखरा रङ्गशालामा आज दिउँसो २ बजेपछि कान्छो विभागीय टिम एपीएफले राष्ट्रिय खेलाडीले भरिएको बलियो प्रतिस्पर्धी मनाङको सामना गर्नेछ । पोखरामा पुलिसपछि दोस्रो सफल टीम मनाङ मस्र्याङ्दीले यसअघि दोस्रो र तेस्रो आहा गोल्डकपको उपाधि जितिसकेको छ भने दुईपटक उपविजेता बनिसकेको छ । एपीएफ छैटौँ आहा गोल्डकपको उपविजेता टिम हो । ब्रिटीस गोर्खा कपको उपविजेता मनाङ र एपीएफ बीचको आजको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । आहा गोल्डकपमा अहिलेसम्म १९ खेल खेलेको मनाङ मस्र्याङ्दीले १४ खेलमा जित हात पारेको छ भने ५  खेलमा हार बेहोरेको छ । त्यस्तै ११ खेल खेलेको एपीएफले ५ मा जित र ६ मा हार बेहोरेको छ । यसअघि हिजोको खेलबाट एन्फा एकेडेमीलाई २० ले पराजित गर्दै हिमालयन शेर्पा क्लब क्वाटरफाईनलमा प्रवेश गरिसकेको छ । प्रतियोगितामा भारतको दुई टोलीसहित तीन विभागिय टीम आर्मी, पुलिस र सशस्त्रको एपीएफ, मनाङ मस्र्याङदी, थ्रिस्टार, हिमालयन शेर्पा क्लब, धरान फुटबल क्लब, रुपन्देही ११, साहारा एफसी युके, साहारा एकेडेमी र आयोजक साहारा क्लब गरी १२ टिमको सहभागिता रहेको छ । खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद सहरको रुपमा स्थापित गरौँ भन्ने मूल नाराको साथ आयोजित प्रतियोगिता
विजेताले २ लाख रुपैया पाउने छ भने उपविजेताले एकलाख रुपैयाँ हात पार्नेछ । प्रतियोगिताको फाईनल खेल माघ १५ गते हुनेछ ।

Leave a Reply