राजु काफ्ले । माघ ६, चितवन ।।
पश्चिम चितवनको गीतानगर ५ अमरवस्तीमा आज विहान अजिङ्गर र चित्तल फेला परेको छ । स्थानिय प्रकास लामिछानेको घरमा फेला परेको अजिङ्गर ६ फिट लामो र करिव ९ किलोग्राम रहेको लामिछानेले वताउनु भयो । सो अजिङ्गरलाई वरण्डाभारको जंगलमा लगेर छाडिने देवनगर रेन्जर पोष्टका वुद्धिनाथ लामिछानेले जानकारी दिनु भयो । जंगलमा आहारा सकिएकोे र आहारा खोज्दै सो अजिङ्गर गाँउमा पसेको पनि पोष्टका लामिछानेले वताउनु भयो । यसैबीच सोही ठाँउमा ७० किलोको एउटा चित्तल पनि फेला परेको लामिछानेले जानकारी दिनु भयो । घाईते अवस्थामा रहेको सो चित्तललाई स्थानिय वासीले फेला पारेर रेन्जर पोष्टलाई खवर गरेका थिए । घाईते अवस्थामा रहेको चित्तललाई उपचार पछि वरण्डाभार जंगलमा लगेर छाडिने उहाँले वताउनु भयो ।
