आमा समुहद्धारा सामुदायिक बहुउद्देश्यीय सभागृह निर्माण हुने ।।

माघ ५, तनहुँ ।।
जनएकता आमा समुह तथा साँखे युथ क्लवको संयुक्त आयोजनामा तनहुँको राईपुर ३ साँखे सल्लाडाँडामा ८ लाख रुपैयाको लागतमा जनएकता सामुदायिक बहुउदेश्यीय सभागृह निर्माणको लागि शिलान्यास गरिएको छ । आमा समुहकी अध्यक्ष हिरादेवी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि ने.क.पा.एमाले राष्ट्रिय प्रतिनिधि परिषदका सदस्य चित्र ब. थापाबाट शिला राख्ने कार्य र विशेष अतिथि ने.क.पा. माओवादीका तमुवान राज्यसमिति सदस्य दिनेश गौतम बाट पुजा अर्चना गरिएको थियो । स्थानीस्तरमा हुने विभिन्न सभा र कार्यक्रम गर्न ब्यबस्थीत ठाँउको अभाव खटकिरहने कारणले सभागृह निर्माण गरिन लागिएको हो ।

Leave a Reply