माघ ८ ।
संयुक्त राष्ट्र संघका एक बरिष्ठ अधिकारीले श्रीलङ्कामा युद्द समाप्त भएपछि पुनर्वास गराइएका नागरिक कम्जोर र संवेदनशील अवस्थामा रहेको बताएका छन् । मानवीय मामिलाका लागि संयुक्त राष्ट्र संघका सह महासचिव कैथरीन बेगले यस्तो बताउनु भएको हो । बेगले पछिल्लो समयमा श्रीलङ्काको भ्रमणमा रहनु भएको छ । तामिल बिद्रोही र श्रीलङ्काली सेनाकोबीचको लडाइका क्रममा उत्तरी श्रीलङ्काको धेरै क्षेत्रका मानिस विस्थापित भएका थिए ।
