गोरखा जिल्लाबाट हाम्रो गोरखा सन्देश दैनिक माघ २७ गते देखि प्रकाशित हुँदै


राजेन्द्र न्यौपाने
 माघ २६ गोरखा। गोरखा जिल्लामा सर्वाधिक विक्री हुने पहिलो दैनिक पत्रिका हाम्रो गोरखा सन्देश माघ २७ गते देखि दैनिक प्रकाशित हुने भएको छ । पत्रिकाका सम्पादक रामबाबु ढकालले गोरखा जिल्लाको समग्र विकास र जिल्लामा सञ्चारमा खड्किएको अभावको पूर्ती गर्न गोरखा सन्देश सफल रहने बताउनुभयो ।

विगत चार वर्षदेखि साप्ताहिक रुपमा प्रकाशित हुँदै आईरहेको सो सन्देश गोरखा जिल्लाको उत्तरी गाउँ गाउँ सम्म र जिल्लाका मुख्य मुख्य बजार र गाउँ गाउँमा वितरण हुँदै आईरहेको छ । मोफलसलबाट पत्रिका निकाल्न सजिलो नभपनि मानिसहरुले सूचना पाउने अधिकारको लागि पत्रिकालाई दैनिक बनाउन लागेको ढकालको दावी छ ।

जिल्लामा पार्टीका मुखपत्र बाहेक अन्य पत्रपत्रिकाहरु नभएको अवस्थामा हाम्रो गोरखा सन्देश गोरखाबासीको साझा र प्यारो पत्रिका बन्ने भएको छ । पत्रिका देशका चितवन, तनहुँ, लमजुङ, काठमाण्डौ,नवलपरासी,धादिङ, कास्की, स्याङजा, भक्तपुर, ललितपुर र गोरखाका सबैभागमा वितरण हुने सम्पादकले बताउनुभयो ।

शान्ति, समृद्धि र प्रगतिका पक्षमा मात्र पत्रिकाले लेख्ने सम्पादकको भनाई छ । आवश्यक सबै पूर्वाधारहरु तयार भएको आजबाट नै काम थालनी गरिएकोले पत्रिका विहिवारदेखि बजारमा आउने जानकारी उहाँले दिनुभयो ।

पत्रिका पहिलो चरणमा दूई हजार प्रतिमात्र प्रकाशित हुने प्रकाशकले बताएका छन् । 

Leave a Reply