निवर्तमान प्रधानमन्त्री नेपालले बालुवाटार छोड्दै


माघ २२,काठमाडौं ।
निवर्तान प्रधानमन्त्री माधवकुमार नेपालले आज सरकारी निवास बालुवाटार छोड्दै हुनुहुन्छ । भोलि प्रधानमन्त्री झलनाथ खनालको शपथ ग्रहण गर्ने कार्यक्रम भएकाले नेपालले आजै बालुवाटार छोड्न लाग्नु भएको हो । उहाँ साँझसम्ममा आफ्नो निजी निवास कोटश्वर सर्नहुने बताइएको छ । गएको असार १६ गते राजीनामा दिनुभएका नेपाल कामचलाउ प्रधानमन्त्रीकै रुपमा ७ महिनादेखि बालुवाटारमै बस्दै आउनुभएको थियो । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएपछि गतवर्षको जेठ ९ गते उहाँ प्रधानमन्त्री बन्नुभएको थियो ।

Leave a Reply