कठार फुडफेस्टिवल आज देखि सुरु

धु्रवराज खनाल फागुन ३ ।
कठार साँस्कृतीक एवंम फुडफेस्टिवल महोत्सव २०६७ आज देखि कठार गाविसको राप्ती ड्याममा सुरु भएको छ । तीन दिन सम्म चल्ने महोत्सवमा १९ ओटा स्टल र ७ ओटा साँस्कृतीक घरहरु राखिएका छन् । १९ ओटा स्टलहरुमा विभिन्न जनजातीका , खाद्य परिकारकाहरु राखिएको फेस्टिबल सचिवालय संयोजक वलराम वर्देवाले  जानकारी दिनु भयो  । फेस्टिबलमा साँस्कृतिक झाँकी, राप्ती नदिमा बोटिङ, जंगल ड्राईभ, इलिफेन्ट राईड, दोहोरी गीत, गाडा दौड प्रतियोगिता जिल्ला स्तरीय भलिवल प्रतियोगीता समावेश गरिएका छन् । महोत्सवमा कठार, भण्डारा, पिप्ले, कुमरोज, विरेन्द्रनगर लगायत गाविसका एक लाख दर्शकले अवलोकन गर्ने आयोजकको विश्वास रहेको छ । समग्र कठारको दिगो विकासका लागि यस वर्ष देखि सुरु भएको महोत्सवको प्राकृतीक र सांस्कृतीक पर्यटकिय गन्तव्य कठार मुल नारा राखिएको हो । कठार गाविस र खगेन्द्र मल्ली उपभोक्ता समितिको प्रायोजन तथा कठार पर्यटन विकास समितिको आयोजनामा महोत्सव सुरु भएको हो ।


Leave a Reply