मुबारकको राजिनामाको माग गर्दै संसद भवन प्रवेशद्वारमा प्रदर्शन


 
माघ २७ ।
 इजिप्टका राष्ट्रपति होस्नी मुबारकको राजिनामाको माग गर्दै प्रदर्शन जारी राखेका नागरिकहरु फेरि राजधानी कायरोको तहरीर चौकमा भेला भएका छन् । प्रदर्शनको लागि एक लाख भन्दा बढि मानिस एक ठाउँमा जम्मा भएको बीबीसीले जनाएको छ । तर हिजो भएको प्रदर्शन कायरोको अलावा आसपासका क्षेत्रमा फैलिएको थियो । प्रदर्शनकारीहरुले संसद कार्यालयलाई समेत घेरा हालेको बताइएको छ । संसद भवनको प्रवेशद्वारमा भेला भएपछि सैनिकले भवनको सुरक्षा गरिरहेको छ । शान्तिपूर्ण रुपमा प्रदर्शन गरीरहेका नागरिकले आन्दोलन रोक्नको लागि राष्ट्रपति मुबारकले राजिनामा दिनुपर्ने माग गरेका छन् ।

Leave a Reply