पुजा शाही
फागुन ५ दैलेख। गत तीन दिन देखि दैलेखमा टेलिफोन लाईन अवरुद्व भएको छ । मंगलवार साझ हुरीवतासगै परेको चट्याङका कारण नेपाल टेलिकमको काडाचौर स्थित रीपीटर टावरमा खराबी आएकाले टेलिफोन सेवा अवरुद्व भएको हो ।
जिल्लामा संचालित लेण्डलाईन फोन सेवालगायत प्रिपेड, पोस्टपेड र सीडीएमए मोबाईल सेवा अवरुद्व भएका छन् ।
नेपाल टेलिकम दैलेखका अनुसार नेपालगंजवाट प्राविधिक टोली खटाई सकीएको र भोली मात्र मर्मत हुन सक्ने जनाईएको छ ।