भारत भ्रमण सकेर राष्ट्रपति डाक्टर रामबरण यादव आज स्वदेश फर्कर्दै


माघ २०,काठमाण्डू ।
दस दिने भारत भ्रमण सकेर राष्ट्रपति डाक्टर रामबरण यादव आज स्वदेश फर्कर्दै हुनुहुन्छ । भ्रमण सकेर राष्ट्रपति यादव आज दिउँसो त्रिभुवन अन्तर्राट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालय सितलनिवासले जनाएको छ । उहाँको स्वागतको लागि राष्ट्रका उच्च पदस्थ अधिकारी तथा सुरक्षा प्रमुखहरु दिउँसो विमानस्थल जाने बताइएको छ । राष्ट्रपति यादव स्वदेश फर्किनु भएपछि नवनिर्वाचित प्रधानमन्त्री झलनाथ खनालले भोलि पद तथा गोपनीयताको सपथ लिनुहुने छ । भोलि नै प्रधानमन्त्रीले थोरै सदस्य रहेको मन्त्रीमण्डल बनाउनुहुने छ । आफूले अध्यन गरेको मेडिकल कलेजको दिक्षान्त समारोहमा सहभागी भएर कोलकताको ४ दिने भ्रमणपछि उहाँ तिरुपति हुँदै दिल्ली पुग्नु भएको थियो । दिल्लीमा रहँदा राष्ट्रपति यादवले भारतीय समकक्षी प्रतिभा पाटिल,प्रधानमन्त्री मनमोहन सिँह, गृहमन्त्री पी चिदम्बरम, अर्थमन्त्री प्रणव मुखर्जी, काङ्गे्रस आईका अध्यक्ष सोनिया गान्धी लगायतसँगको भेटमा नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण र नेपाल भारतबीचको दुई पक्षिय सम्बन्धका बारेमा छलफल गर्नु भएको थियो ।

Leave a Reply