नेपाली सेनाको ट्रक दुर्घटना हुदा ३० सेना घाइते


प्रमिला बुढाथोकी
 बैशाख १४ सिन्धुली। नेपाली सेनाको ट्रक दुर्घटना हुदा मंगलवार  सिन्धुलीको कमलामाइ नगरपालीका १० बाघमारामा ३० जना नेपाली सेना घाइते भएका छन । घाइतेमध्य १ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । 

बा १ ग १५०९ नं को  वर्दिवासवाट सिन्धुलीतर्फ आउदै गरेको नेपाली सेनाको ट्रक स्टेरिङमा आएको गडवडीका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । घाइते सवैको महोत्तरी वर्दिवासमा रहेको जनसेवा पोलिक्लीनीकमा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ । उक्त ट्रकमा श्री पुरानो गोरख गण ठुलीटार सिन्धुलीमा कार्यरत सेनाहरु रहेका थिए । 

Leave a Reply