गृहमन्त्रालयकै कारण सरकारको आयु धेरै नहुने कांग्रेस नेता खड्काको भनाइ

वैशाख २४  काठमाडौं।  नेपाली काग्रेसका नेता खुमबहादुर खडकाले माओवादीलाई गृह मन्त्रालय दिएका कारण जेठ १४ अघि नै सरकार ढल्ने सम्भावना रहेको बताउनुभएको छ ।

रिर्पोटर्स क्लव नेपाल दाङ शाखाले आज तुलसिपुरमा गरेको साक्षत्कारमा नेता खड्काले आफनै पार्टीको निर्णय विपरित प्रधानमन्त्री झलनाथ खनालले माओवादीलाई गृह मन्त्रालय दिनु गलत भएको टिप्पणी गर्नुभयो । उहांले शान्ति प्रक्रिया नटुगिनुको दोष पनि माओवादीलाई दिनुभयो ।

माओबादीले चाहे जेठ १४ अघि नै शान्ति प्रक्रिया टुङिने बताउंदै उहांलेसंबिधान निमार्ण र शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउने प्रमुख दायित्व माओवादीको भएको बताउनुभयो । यदि जेठ १४ गतेसम्म संबिधान निर्माणको निश्चित खाका आए केही महिनाको लागि संबिधानसभाको म्याद थप्न पनि सकिने खड्काले बताउनुभयो ।

Leave a Reply