टर्की पुग्नुभएका प्रधानमन्त्री खनाल भोलि स्वदेश फर्कदै

बैशाख २८ काठमाण्डौ । अति कम विकसित राष्ट्रहरुको चौथौ सम्मेलनमा अध्यक्षता गर्न टर्की पुग्नुभएका प्रधानमन्त्री झलनाथ खनालले आफ्नो भ्रमण छोट्याउनुभएको छ । मुलुकको राजनीतिक परिस्थितिलाई विचार गरी उहाँले आफ्नो भ्रमण छोट्याउने निर्णय गर्नुभएको हो । आजै उहाँ स्तानाबुलवाट कतारको दोहातर्फ प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री खनाल भोलि बिहान ८ बजे काठमाडौँ आइपुग्नुहुने प्रधानमन्त्रीका प्रेस सल्लाहकारले जानकारी दिएका छन् । सम्मेलनका क्रममा उहाँले विभिन्न देशका राष्ट्रप्रमुख र सरकार प्रमुखहरुसंगको भेट वार्ता जारी राख्नुभएको थियो । बाँकी भेटवार्ताहरुलाई उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री उपेन्द्र यादवले सम्पन्न गर्नुहुने तय गरिएको छ ।

Leave a Reply