असार २३ तनहुँ। तनहुँको डुम्रे बजारस्थित एक घरमा गएराती पहिरोसँगै आएको ढुङ्गाले लागेर एक महिलाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । २८ बर्षीया धनु प्रधानको खाना पकाई रहेका बेला पहिरोसंगै आएको ढुङ्गाले किचेर घटनास्थलमै ज्यान गएको हो । घाइते भएका उहाँका श्रीमान दिनेश प्रधानको डुम्रे स्थित लक्ष्मी हस्पिटलमा उपचार भईरहेको डुम्रे प्रहरीले जनाएको छ ।
यसैबीच २०४१ सालमा त्यही घरसँगै जोडिएको एक घरमा पहिरोबाट आएको ढुंगाले लागेर ५ जनाको मृत्यु भएको थियो । सोही घरकै आडमा रहेको एक घरमा पहिरोसंगै आएको ढुङ्गाले किचेर ५ जनाको मृत्यु भएको थियो । त्यही घटनाको संझनामा आज तनहुँ उद्योग बाणिज्य संघ डुम्रे बजार इकाइको आह्वानमा बजार बन्द गरेर शोक मनाएको छ ।