उदयपुर असार २३
उदयपुर जिल्लामा अज्ञात समूहले गकै परिवाकार चार जनाको हत्या गरेको छ । ठानागाउं गाविस वडा नम्वर ५ मा गएराति हतियार सहति आएको समूहले एकै परिवारका चार सदस्यको हत्या गरेको उदयपुर प्रहरीका नायव उपरीक्षक नरेन्द्र प्रसाद उप्रेतीले जानकारी दिनुभयो । हतियारधारी समूहले स्थानिय खेसबहादुर मगर उहांकी पत्नी र दुई छोरीको हत्या गरेको छिमेकी दलबाहदुर ठकुरीले जानकारी दिनुभयो । हतियारधारी समूहले खेसबहादुरका ९ वर्षीय छोरा नेत्रबहादुरलाई समेत घाइते बनाएका छन् ।
नेत्रबाहदुरको शरीरमा धारीलो हतियारले जताततै काटिएको अवस्थामा छाडिएको प्रहरी नायव उपरीक्षक उपे्रतीले बताउनुभयो । ४ छोरी दुई छोरा र पत्नी सहित ८ जनाको परिवार रहेका खेसबाहदुरकी दुई छोरी र एक नाबालक छोरा भने शकुसल रहेका छन् । एउटी छोरी कटारी बजारमा ज्याला मजदुरी गरेर उतै बस्ने गरेको र अर्की छोरी गाउं तिर गएकाले बाच्न सफल भएको भन्खदै प्रहरीले खेसबाहदुरका कान्छी छोरी ११ महिनाकोमात्रै भएकोले उनलाई हत्यारले केही नगरेको हुन सक्ने अनुमान गरेको छ । हत्याको कारण र समूहको पहिचान हुन सकेको छैन । गाउंमा गएकी छोरी बिहान घर आउदां हत्या भएको समाचार सार्वजनिक भएको हो ।