पूर्व राजा ज्ञानेन्द्र शाहको ६५ औं जन्म जयन्ती

काठमाडौं २३ असार 

पूर्व राजा ज्ञानेन्द्र शाहले आज आफ्नो ६५ औ जन्मजयन्ती धुमधामका साथ मनाउनुभएको छ ।
मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापनासंगै राजकाजबाट हटाईएका पूर्व राजा शाहले ६५ औं जन्मदिवस निर्मल निवासमा भब्यताका साथ मनाउनुभएको उहांका सहयोगी फडी पाठकले जानकारी दिनुभयो । पूर्व राजा शाहले बिहानै पुजाअर्चना गर्नुका साथै बिभिन्न धार्मीक बिधि अनुसारका अनुष्ठा गर्नुभएको छ ।

यसैवीच नागरिक मुलु समारोह समितिले पनि पूर्व राजा ज्ञानेन्द्र शाहलाई जन्मदिनको अवसरमा नागरिक अभिनन्द गर्दैछ । महाराजगाजस्थित नारायणगोपाल चोकबाट जम्मा भएर मुल समारोह समितिले बिभिन्न झांकी सहित निर्मल निवास पुगेर अभिनन्दन गर्ने सहयोगी पाठकले बताउनुभयो ।

 पूर्व राजा शाहलाई शुभकामना दिनेको निर्मल निवासमा बिहानै देखि घुईचो लागेको छ । यसै क्रममा दिउसो पूर्व राजा ज्ञानेन्द शाहले पत्रकारहरु संग संक्षिप्त कुराकानी गर्ने समेत बुझिएको छ । त्यस क्रममा उहांले मुलुकको पछिल्लो अवस्थाका बारेमा आफ्नो धारणा राख्ने सहयोगी पाठकले बताउनुभयो ।

Leave a Reply