चोरी आरोपमा भारतमा नेपाली पक्राउ


असार २५ काठमाण्डौ

भारतीय प्रहरीले चोरी गरेको अभियोगमा तीन जना नेपालीलाई पक्रेको छ । नयाँ दिल्लीमा पक्राउ पर्नेहरुमा गोरखा घैरुडाका केशर बस्याल सुनिल बस्याल र राकेश बस्याल छन् ।

उनीहरुलाई दिल्लीस्थित साउन एक्स्टेन्सनको कार्यालयबाट पैसा चोरेर भाग्दै गर्दा पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ । उनीहरुका साथबाट झन्डै १८ लाख रुपैयाँ बरामद भएको पनि प्रहरीले जनाएको छ ।

Leave a Reply