अभिभाबक ठग्ने स्कुललाई खोइ कारवाही ?

रबिन राचलिका
असार २२ भक्तपुर। एसएलसी पास भएकालाई सम्मान स्वरुप निशुल्क दिनु पर्ने चारित्रिकत प्रमाणपत्रको महँगोल शुल्क लिने बिद्यालयहरुलाई जिल्ला शिक्षा कार्यलय भक्तपुरले कारबाही गरेको छैन । स्कुलहरुमा जुन शिर्षकको लागि शुल्क लिइएको त्यही शिर्षकमा खर्च गर्नु पर्ने नियम छ । यसरी ठगिएको पैसा बिद्यालयको प्रचारबाजी गर्न खर्च गर्ने गरिएको जुन सरकारी नितिको बिपरीत हो ।

भक्तपुरका सबै स्कुल यस हिसाबमा ठगि गरिहेका छन् । जस मध्ये आफ्नो ठगी कार्य सार्बजनिक हुन नदिन केही बिद्यालयहरुले मिडियाहरुले किनेका छन् । बिज्ञापन दलालहरुको कारण शिक्षा जगतमा हुने गलत गतिबिधि सार्बजनिक हुदैनन् ।

भक्तपुर नागपोखरीको माडेल जनता स्कुल, बागेश्वरी स्कुल, कालिका स्कुल, पारागन स्कुल, वाल्यासे स्कूल, माउण्ट भ्याली आदि स्कुलले लोकल मिडिया किन्न भ्याएका छन् ।

Leave a Reply