छोरासरह छोरीलाई पनि अंश प्रदान


कार्तिक १८    ताप्लेजुङ। समाजमा छोराछोरी बराबर हुन् भन्ने उदाहरण दिनका लागि ताप्लेजुङ सांघु गाविसका तीन दाजुभाइले अंशबन्डा गर्दा आफ्नी बहिनीलाई पनि समान अंश प्रदान गरेका छन् ।  सांघु ८ का पेम्बा शेर्पाका तीनछोरा दातेन्जी शेर्पा, भीमतेन्जी शेर्पा र रामकुमार जुम्बा शेर्पाले बहिनी फूलमायाँ शेर्पालाई पनि आफूहरुले पाए सरह अंश प्रदान गरेका हुन् ।  पचास रोपनी जग्गा समानरुपले चारजनालाई अंश बाँडेको शेर्पा परिवारले बताएका छन् ।

समाजमा कसैले छोरीलाई अंश नदिएकोले आफूहरुले उदाहरणका लागि बहिनीलाई अंश दिएको फूलमायाँका कान्छा दाजु रामकुमारले बताए । छोरीलाई छोरासरह अंश दिन परिवार नै सहमत भएर लेखापढीका लागि मालपोत आएको जिल्लामा यो पहिलो भएको लेखापढी सङ्घका सदस्य शेरबहादुर लिम्बुले बताउनुभयो ।

Leave a Reply